विश्वविख्यात महायोगी पाइलट बाबा हेटौँडा आउनु हुनेभएकाे छ । विश्वविख्यात महायोगी पाइलट बाबा भारतमा सन्न्यासीहरूको सबैभन्दा ठूलो अखाडा जुना अखाडाको वरिष्ठम महामणडलेश्वर सोमनाथ गिरी हुन् ।
भर्खरै हरिद्वारस्थित पाइलट बाबा आश्रमबाट नेपाल फर्कनु भएका लेखक ज्ञानमित्रका अनुसार उहाँ वैशाख १५ गते नेपाल आइपुग्नुहुनेछ । नेपाल बसाइका क्रममा उहाँ हेटौँडा र चितवनमा बस्नु हुने बताइएकाे छ । विगतमा कैयन पटक नेपाल भ्रमणमा आइसक्नु भएका उहाँ कोरोनाकालपछि पहिलो पटक नेपाल आउन लाग्नुभएकाे हाे ।