हेटाैंडा – आर्थिक वर्ष २०७८–०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा मकवानपुरमा सबैभन्दा धेरै बेरुजु भएको स्थानीय तहमा उत्तरी मकवानपुरको थाहा नगरपालिका परेको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार थाहामा ६.५३ प्रतिशत वेरुजु रहेको छ । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु भने बकैया गाउँपालिकामा रहेको छ । बकैया गाउँपालिकामा ०.७ प्रतिशत मात्र बेरुजु रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
यस अघिका दुई आर्थिकवर्षमा सबैभन्दा कम बेरुजु हुँदै देशभरमा उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृुत भएको थाहाको अवस्था नयाँ जनप्रतिनिधि आएसँगै दयनिय भएको हो । जिल्लाको सबैभन्दा धेरै बेरुजु भएको गाउँपालिकाको दोश्रो नंबरमा पुर्वि मकवानपुरको बागमती गाउँपालिका रहेको छ । बागमतीको ३.८४ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । संयोग पनि मान्नुपर्छ बेरुजु धेरै भएको पहिलो र दोश्रो नंबरको स्थानीय तहको नेतृत्वमा माओवादी केन्द्र विजयी भएका छन् ।
यसैगरी तेश्रो नंबरमा राक्सीराङ गाउँपालिका रहेको छ । राक्सीराङको ३.७८ प्रतिशत बेरुजु रहेको छ । त्यस्तै भिमफेदीको ३.२६, कैलाशको ३.१३, मकवानपुरगढी गाउँपालिकाको २.३७,मनहरीको २.११, इन्द्रसरोवर गाउँपालिकाको १.९५ र हेटौंडा उपमहानगरपालिकाको ०.७७ प्रतिशत बेरुजू कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।