मकवानपुर– पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौँडा–३ बसामाडिमा आईतबार दुई वटा ट्रक एक आपसमा ठक्कर खाँदा ३ जना गम्भिर घाइते भएका छन् । हेटौँडाबाट सिमेन्ट लिएर पोखरा जाँदै गरेको ना ७ ख ३२८ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख २७९६ नम्बर खालि ट्रक हेटौँडा–३ बसामाडिमा ठोक्किदा ३ जना घाईते भएका हुन ।
दुर्घघटनामा घाइते हुनेमा ३२८ नम्बरका चालक डडेलधुरा अमरकट्टि नगरपालिका ७ का ३९ बर्षीय मेघराज भट्टराई, २७९६ नम्बरको ट्रकका चालक मकवानपुरको मनहरी गाउँपालका ९ ज्यामिरे का २७ सत्य कुमार थापा क्षेत्री र सहचालक मनहरी ९ ज्यामिरेकै २० बर्षीय अन्जल सुनार रहेका छन् । घाईते मध्ये ३२८ नम्बरको ट्रकका चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको तथा हुस्सुका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।