मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले सभ्य, शिष्ट र मर्यादित रूपमा होली पर्व मनाउन अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै नेपालीहरुको साझा पर्वलाई सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्धारा फागु पूर्णिमा (होलीपर्व) को शुभकमनासहित जारी सूचनामा “नेपालीहरूको साझा पर्व होलीलाई सभ्य, शिष्ट र मर्यादित रूपमा मनाउन हुन तथा कसैको कसैको इच्छाविपरित रंग, लोला, पानी तथा अन्य कुनै पनि पदार्थ छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने र कुनै व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न, नगराउन सबैमा अनरोध गर्दछौं ।” भनिएको छ । यस वर्षको फागू पूर्णिमा फागुन २२ र २३ गते मनाइँदैछ ।