हेटौँडा । नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९), अभियानको क्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले संगठन व्यवस्थापन गर्दै मुलुकको पहिलो र बहुमतको पार्टी बनाउन मिसन ग्रासरूट भएको र परिवर्तित परिस्थिति अनुसार कामको कार्यशैली परिर्वतन हुनुपर्ने बताउनु भयो । हरेक कार्यकर्ता उत्पादन र उध्यमशिलतासंग जोडिनुपर्ने र आत्मनिर्भर भई पार्टी काम गर्नुपर्ने, हिजो व्यवस्था परिवर्तनको संघर्षमा थियौ आज जनताको अबस्थामा परिवर्तनमा हाम्रो ध्यान जानुपर्ने बताउनुभयो ।
उहाँले नेकपा एमाले ईमान्दार, अनुशासित कार्यकर्ता र जनआधारित बलियो कम्युनिष्ट पार्टीको लागि सुदृढ र विस्तार कार्य निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । अभियान सञ्चालन गर्ने क्रममा पार्टी संगठन बलियो बनाउँदै पहिलो र बहुमतको पार्टी निर्माण गर्न वडाको टोल टोलमा जनता र कार्यकर्ताको बीचमा जाने हेटौँडा ७ नं। वडा कमिटीको बैठकले निर्णय गरेको छ ।
बैठकले जनसंगठनको वडा कमिटी, पार्टी टोल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणको लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टोली बनाई सञ्चालन गर्ने निर्णय गरेको वडा सचिव सुशील सुवेदी बताउनु भयो ।
पार्टी वडा अध्यक्ष कुलप्रसाद त्रिपाठीको अध्यक्षता प्रदेश कमिटीका सदस्यहरू गोपाल श्रेष्ठ, हरिबहादुर महत, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरू फूर्वा दोर्जेलामा, सुनिल मुक्तान, राजन थापा, जिल्ला सदस्य सुवोध रिमाल, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, उपाध्यक्ष नवराज खतिवडा, सचिव बोलबहादुर कार्की, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरूको उपस्थिति रहेको थियो ।