मकवानपुर– रोटरी कल्ब अफ हेटौडाले आज जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षानिकायकालागि मास्क र पीपीई सहयोग गरेको छ । रोटरीले बिहीबार बिहान कमाण्ड पोष्टको बैठकमा थ्रि लेयर्स (पुन प्रयाेग गर्न मिल्ने) १५ सय थान मास्क र १० थान फुल सेट पीपीइ हस्तान्तरण गरेको हो ।
रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष इन्द्र नेपाललगायत पदाधिकारीहरुले सामग्री कमाण् पोष्टलाई हस्तान्तरण गर्नुभएको थियो । क्लबले विभिन्न कार्यालयहरुलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री एक मुष्ट रुपमा कमाण्ड पोष्टलाई हस्तान्तरण गरिएको हो । क्लबले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई एक÷एक सय थान मास्क, हेटौंडा औद्योगिक क्षेत्र सुरक्षा बललाई एकसय थान मास्क र दुईथान पीपीइ, नेपाल प्रहरी लाई तीनसय थान मास्क र दुईथान पीपीइ, सशस्त्र प्रहरीलाई तीनसय थान मास्क र दुईथान पीपीइ, हेटौडा उपमहानगरपालिकालाई दुईसय थान मास्क तथा जिल्ला बिपद ब्यवस्थापन समितिमा रहने गरि चारसय थान मास्क र चारथान पीपीइ हस्तानत्रण गरेको हो । कमाण्ड पोष्टले प्राप्त स्वास्थ्य सामग्रीहरु आजै ती कार्यालयहरुलाई उपलब्ध गराईएको छ ।