हेटौंडा– वालमैत्री शासन कार्यान्वयनको चरणमा रहेको हेटौंडा उपमहानगरपालिकामा दुई वडामा वालविबाह रोकिएको छ । २०८० मंसिर सम्म वालमैत्री नगर घोषणाका लागि उपमहनगरले नियूक्त गरेको वडा सहजकर्ता तथा सम्पर्क व्यक्तिको सक्रृयतामा हेटौंडा उपमहानगरको १४ र १७ नम्बर वडामा वालविवाह रोकिएको हो । दुबै वडामा फागुन १० गते हुन लागेको बिवाह रोकिएको बताईएको छ ।
गाउँमा १८ बर्ष भन्दा मुनिका वालवालिकाको बिवाहका लागि दुवै पक्ष तयारी अवस्थामा रहेको जानकारी पाएपछि कानुनी आधारमा विवाह गर्ननका लागि नभिल्ने भनि जानकारी गराउँदै वालविवाह रोकिएको उपमहानगरका महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिइन् । नगरलाई वालमैत्री घोषणाको तयारीमा रहदा महाशाखाबाटै वडा र बिद्यालयहरुमा सचेतनाका कार्यक्रम सञ्चालनका क्रममा जाँदा वालबिवाह हुँदै गरेका जानकारी पाएपछि वडा सहजकर्ता र वडा कार्यालयले तोकेको सम्पर्क व्यक्तीलाई परिचालन गरेर बिवाह रोक्ने कार्य भएको उनले बताइन् । उनका अनुसार यस अघि हेटौंडा उपमहानगरपालिका १९ मा वडाकार्यालय र जनप्रतिनिधीहरुको सक्रियतामा वालविबाह रोकिएको थियो ।
वालमैत्री उपमहानगर घोषणाको तयारीका क्रममा बिभिन्न होटल तथा व्यवसायीक क्षेत्रमा प्रयोग भएका ७ जना वालबालिकालाई पुर्न स्थापनाको काम गरेको महशाखाले जनाएको छ । अहिले यसै क्षेत्रका भन्दा पनि बाह्य जिल्लाबाट आएर हेटौंडाका बिभिन्न होटल तथा अन्य क्षेत्रका कामगर्ने वालवालिकाहरु रहेको बताइएको छ । बाह्य जिल्लाबाट आएर काममा रहेका ३ जना वालबालिकालाई सस्थागत रुपमा पुर्नस्थापनाको काम भएको र ति मध्य एक जना हेटौंडामै परिवारबाट छुटाएर राखिएको महाशाखाले जनाएको छ ।
केहीलाई पारीवारीक रुपमा पुर्न स्थापनाको काम गरीएको छ । पारीवारीक रुपमा वालबालिकाको ख्याल पुर्ण रुपमा नगर्ने, बाबु आमा अव्यवस्थित ढंगबाट सडकमा नै रहने गरेकाले बच्चाको स्वास्थ्य अवस्था र लालनपालनलाई ख्याल गर्दै सस्गागत रुपमा पुर्नस्थापनाको काम गरिएको हो । बिभिन्न समस्यामा परेको वालबालिकाको पुर्नस्थापना र व्यवस्थापनका लागि बालकोष स्थापना गरेका काम थालिएको महशाखाले जनाएको छ ।
सरकारले २०८७ सम्म राष्ट्रलाई पुर्ण बालमैत्री घोषणाको तयारी गरे अनुसार हेटौंडा उपमहानगरले १ नगर र १९ वडा सहजकर्ता तथा ३० तथ्याङ संकलक गरी ५० जनालाई नियुक्ती दिए २०८० मंसिर सम्म पालिकालाई बालमैत्री घोषणा गर्ने तयारी थालेको छ । यसअघि मकवानपुरका १० पालिका मध्य मनहरी, बकैया र मकवानपुर गढी गाउँपालिका वालमैत्री पालिका घोषणा भैसकेका छन् । बालमैत्री पालिका घोषणाका लागि वडा तथा तथ्याङक संकलकले ५१ वटा सुचकमा आधारीत भएर काम गर्ने बताइएको छ ।