हेटौँडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको विषयमा केन्द्रीय सरकारका मन्त्रीहरुले ‘गफ’को विषय मात्र बनाएको बताउनुभएकाे छ । उद्योग वाणिज्य संघ मकवानपुरले हेटौँडामा गरेको ‘इम्प्लोयर्स मिट’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपालकै गौरवको रुपमा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको विषयमा केन्द्रीय सरकारका मन्त्रीहरुले हेटौँडामा आएर प्राथमिकता सहित बोल्ने तर कार्यन्वयनको पक्षमा भने कुनै पहल नगरेको बताउनुभयाे ।
विश्वब्यापी फैलीएको कोरना, विभिन्न चरणमा भएका युद्धहरुले नेपालको अर्थतन्त्रमा समस्या आएको बताउँदै मन्त्री श्रेष्ठले अर्थतन्त्रमा आएको समस्याले उद्योगहरुमा ठुलो समस्या ल्याएको बताउनुभयाे । नेपालमा हुने गरेको अस्थिर राजनीतिक घटनाक्रमले पनि अर्थतन्त्रमा समस्या ल्याएको बताउँदै मन्त्री श्रेष्ठले जनताहरुले स्थिर राजनीति र सरकार चाहेको भएपनि त्यो हुन नसक्दा समस्या भएको बताउनुभयाे । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक वर्षभित्र १० हजार नागरिकलाई तालिम दिएर दक्ष जनशक्ति बनाउने अभियानमा आफु रहेको भन्दै दक्ष जनशक्ति भएको अवस्थामा आफुहरु अन्य मूलुकका दक्ष कामदारसँग भर पर्न नपर्ने बताउनुभयाे ।