हेटौँडा – हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले हेटौंडाको एक बृद्धाश्रमलाई वासिङ्ग मेसिन र प्रिन्टर सहयोग गरेको छ । ४ नम्बर वडा कार्यालयले हेटौंडा–२, चौकिटोल स्थित ॐ वृद्वाश्रमलाई करिव एक लाख वरावरको वासिङ्ग मेसिन र प्रिन्टर सहयोग गरेको हो ।
आज एक कार्यक्रमकाबीच ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, कार्यापालिका सदस्य ईश्वरी रसाईली, वडा सदस्य जनरल श्रेष्ठ, गीता त्रिपाठी, वडासचिव टीका कंडेलसहितको उपस्थितिमा आश्रमका अध्यक्ष सिद्विलाल श्रेष्ठसहित आश्रम परिवारलाई हस्तान्तरण वासिङ्ग मेसिन र प्रिन्टर हस्तान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष सिग्देलले आश्रय लिईरहनु भएका बेसाहारा आमावुवाहरूको सहजताको लागि वडा कार्यालयको तर्फबाट उपकरण हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भौतिक विकाससंगै सामाजिक विकासमा ४ नम्बर वडा कार्यालयले ध्यान दिईरहेको बताउँदै सामाजिक क्षेत्रको विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । आश्रमका अध्यक्ष सिद्विलाल श्रेष्ठले वडा कार्यालयको तर्फबाट भएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।