भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलिया ६ विकेटले पराजित भएको छ । दिल्लीको फिरोजशाह कोटला रङ्गशालामा अस्ट्रेलियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य भारतले ४ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि कप्तान रोहित शर्मा र चेतेश्वर पुजाराले समान ३१ रन, श्रीकर भरतले २२ र विराट कोहलीले २० रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले २ र टस मर्फीले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा २ सय ६३ रन बनाउँदा अलआउट भएको थियो । उसका लागि उस्मान खवाजाले ८१ र पिटर ह्यान्ड्सकम्बले ७२ रन बनाएका थिए । बलिङतर्फ भारतका मोहम्मद शामीले ४ तथा रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले ३र३ विकेट लिएका थिए । योसँगै भारतले ४ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ ।