भारतीय क्रिकेटर विराट कोहली नयाँ कीर्तिमान बनाएका छन ।कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाउने खेलाडी बनेका छन् । दिल्लीको फिरोजशाह कोटला रङ्गशालमा अस्ट्रेलियासँगको दोस्रो टेस्टको तेस्रो दिन कोहलीले यो उपलब्धि हासिल गरेका हुन् ।
कोहलीले पाँच सय ४९ औँ अन्तर्राष्ट्रिय क्रिकेटमा २५ हजार रन पूरा गरेर कीर्तिमान बनाएका हुन् । कोहलीभन्दा अघि तेन्दुलकरले पाँच सय ७७ खेलमा यो उपलब्धि हासिल गरेका थिए । अस्ट्रेलियाका रिकी पोन्टिङ यो सूचीको तेस्रो नम्बरमा छन् । उनले पाँच सय ८८ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।

Image