हेटौंडा– हेटौंडा–१८ मा रहेको गोरक्षनाथ माध्यमिक बिद्यालयको लागि आवश्यक चारकोठे भवनको शिलान्यास गरिएको छ । कक्षा कोठाको अभाबका कारण अध्यापनमा समस्या व्यहोदै आएका बिद्यार्थिलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले भवनको शिलान्यास गरेकी हुन् ।
भवनको शिलान्यास गर्दै नगर प्रमुख लामाले बिद्यालयको शिक्षा र शिक्षक प्रति अभिभावकको चासो आवश्यक रहेको बताइन् । उनले बिद्यालय गएका बालवालिकाले पढे नपढेको, व्यवहार कस्तो छ भन्ने बिषयमा अभिभाबक नै चासो हुनुपर्नेमा जोड दिइन् ।
शिक्षकलाई अध्यापनको क्रममा रहने जिम्मेवारीमा बालबालिका आएका समयमा अभिभावकले पनि ख्याल गर्नुपर्नेमा नगरप्रमुख लामाको जोड थियो । उनले शिक्षा आफ्नो लागि हो भन्ने सोचेर अध्ययनमा चासो दिन बिद्यार्थिहरुलाई सुझाब दिइन् ।
नगर प्रमुख लामाले भनिन् ‘शिक्षामा सुधार नभए सम्म समाजको विकास हुन सक्दैन ।’ उपमानगरले पछि जोडिएका ठाउँलाई बिकासको प्राथमिकतामा राखेर काम गरीरहेको भन्दै उनले नगरको बिकासमा कुनै सम्झौता नहुने जिकिर गरीन् ।
अध्यापनमा समस्या भएपनि बिद्यालय भवन निर्माणको लागि गरिएको पहलमा संघिय शिक्षा मन्त्रालयले जस्ता सहितको भवनका लागि बजेट दिएपनि उपमहानगरले उक्त भवनलाई ढलान गर्नका लागि थप बजेट दिएको थियो ।
कुल ६२ लाख १२ हजार ५८८ लागत स्टमेट गरिएको चार कोठे भवनका लागि संघिय अनुदान ३६ लाख, उपमहानगरबाट १९ लाख ९१ हजार ३ सय र उपभोक्ताबाट ६ लाख २१ हजार २५८ रुपियाँ संकलन गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले बताए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बानियाँको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा हेटौंडा १ का अध्यक्ष सविन न्यौपाने, १८ का अध्यक्ष अनिलकुमार बानियाँ, हेटौंडा ८ का वडा सदस्य गोरखनाथ राय, हेटौंडा उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगा चौलागाई, बिद्यालयका बाल समुहका अध्यक्ष लक्ष्मी घलान, ज्योति माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल लगाएतको आतिथ्यता रहेको थियो ।