हेटौँडा । बागमती प्रदेशको मुख्य न्यायधिवत्तामा ज्ञानेन्द्र नेपाल नियुक्त हुनु भएको छ । बागमती प्रदेशका प्रदेश प्रमखु यादवचन्द्र शर्ममाले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नु भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा नेपाल प्रदेश सरकारको मुख्य न्याधिवत्तामा नियुक्त हुनु भएको हो । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का नेपाललाई प्रदेश प्रमखु शर्मले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिकवक्तामा नियुक्त गर्नु भएको हो । ललितपुर बारका पूर्व सचिव नेपालले अपराधिक कानुनमा एलएलएम गर्नुभएको छ । यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिना अघि राजीनामा दिनु भएको थियो ।