हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी नेमाले मकवानपुरले पार्टीका तर्फबाट निर्वाचित भएर बागमती प्रदेशकाे मन्त्री हुनु भएकाहरूहरुलाई सम्मान गरेकाे छ । बिहीबार एक कार्यक्रमकाे आयोजना गरेर बागमती प्रदेशमा एमालेका तर्फबाट मन्त्रीमा नियुक्तभएकाहरुलाई स्वागत तथा सम्मान गरिएको हाे ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष समेत रहनु भएका बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ सहित तीन जना मन्त्रीलाई पार्टी कार्यालयमा स्वागत तथा सम्मान गरिएकाे हाे । कार्यक्रममा प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री श्रेष्ठसहित स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकास मन्त्री केशब प्रसाद पोख्रेललाई खादा र माला लगाएर सम्मान गरिएको थियाे । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, हरि बहादुर महत, जिल्ला सचिब नविन सिग्देल लगायत नेताहरुको आतिथ्यता थियो । कार्यक्रममा सहभागि मन्त्रीहरुले आफुहरु पार्टीकै कारण मन्त्री बनेकोमा अब पनि पार्टीको निर्देशन अनुसार काम गर्ने वताउनु भएको छ ।