हेटौंडा । हेटौंडामा शैक्षिक बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको शैक्षिक गुणस्तर सुधार समितिको आयोजनामा यही माघ २० गते बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
वडा कार्यालयले आज पत्रकार सम्मेलन गर्दै माघ २० गते हेटौंडा–४, स्थित रोयल पार्टी प्यालेसमा हुने कार्यक्रम कार्यक्रमको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको वडा अध्यक्ष नविन सिग्देलले वताउनुभयो । शिक्षालाई अब प्रतिस्पर्धातमक बनाउनेगरी गुणस्तर सुधारको काममा लागिएको उहाँले वताउनुभयो ।
पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्याक्रम गर्ने र बाहिर २६ वटा स्टल राखेर बृहत शैक्षिक प्रदर्शनी गरिने वडा अध्यक्ष सिग्देलले वताउनुभयो । वडा नम्बर–४ का निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागितामा कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक श्रीराम दाहालले वताउनुभयो ।