आइतबार बिहान पोखरामा पोखरामा भएको जहाज दुर्घटनाप्रति अमेरिका तथा चीनले दुःख व्यक्त गरेका छन् । काठमाडौँस्थित अमेरिका र चीनका राजदूतावासले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।
अमेरिकी दूतावासले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दुर्घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेका छन् ।‘यस दुःखद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना,’ उनले ट्विट गरेका छन्।











