हेटौंडा : बागमती प्रदेशसभाका उसभामुखमा ३ जनाको उम्मेदवारी परेको छ। शुक्रबार प्रदेशसभा सचिवालयमा पुगेर ३ जनाले उम्मेदवारी दिएका हुन् । निर्वाचन भने माघ २ गते मात्रै हुनेछ । प्रदेशसभाका उपसभामुखमा सत्ता गठबन्धन तर्फबाट एमालेकी अप्सरा चापागाईं, नेपाली कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रीता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेकी चापागाईंलाई माओवादी सांसद कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक बसेका छन् । कांग्रेसकी परियारले प्रस्तावक उत्तम जोशी र याङ्किला शेर्पाको समर्थनमा उम्मेदवारी दिएकी हुन् । यस्तै नेमकिपाकी काफ्लेलाई सृजना सायजु प्रस्तावक तथा सुरेन्द्रराज गोसाईंको समर्थकमा उम्मेदवारी दर्ता गरेको हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते सदनबाट विश्वासको मत लिँदै छन् । त्यसअघि सबै प्रक्रिया टुंगिनेछ । शुक्रबार भएको निर्वाचनबाट प्रदेशसभाका सभामुखमा ६२ मत ल्याएर राप्रपाका महामन्त्री भुवन पाठक निर्वाचित भएका थिए । नवनियुक्त सभामुख पाठकले प्रदेशसभा सचिव कृष्णहरि खड्कालाई माघ २ गते उसभामुख चयनका लागि निर्वाचनको तयारी अघि बढाउन निर्देशन दिएका छन् । उनले प्रदेशसभाको बैठकबाटै सोमबार ३ बजेका लागि बैठकसमेत आह्वान गरेका छन् । सत्तारुढ गठबन्धनको भागबण्डाअनुसार उपसभामुख नेकपा एमालेको भागमा परेको थियो । थाहा खवरबाट ।