मकवानपुर – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मकवानपुरमा नेकपा एमाले पहिलो दल बनेको छ । प्राप्त मतका आधार नेपाली कांग्रेस दोस्रो र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो ठुलो दल बनेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको १ लाख ७७ हजार ८६५ मतमा नेकपा एमालेले क्षेत्र नम्बर १ बाट २२ हजार ६११ र क्षेत्र नम्बर २ बाट २८ हजार १९६ गरी कुल ५० हजार ८०७ मत प्राप्त गरेको छ ।
त्यस्तै दोस्रो दुलो दल नेपाली कांग्रेसले क्षेत्र नम्बर १ बाट १४ हजार ७५३ र क्षेत्र नम्बर २ बाट २१ हजार ५११ गरी कुल ३६ हजार २६४ मत प्राप्त गरेको छ । यस्तै तेस्रो ठुलो दल बन्न सफल नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्षेत्र नम्बर १ बाट १८ हजार ६०७ र क्षेत्र नम्बर २ बाट ११ हजार २८२ गरी कुल २९ हजार ८८९ लोकप्रीय मत प्राप्त गरेको छ ।
त्यस्तै जिल्लामा नेकपा माओवादी केन्द्र २६ हजार १३३ मत सहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ हजार ७७१ मत सहित पाँचौ स्थानमा रहेको छ । यस्तै जिल्लमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीले जम्मा ३ हजार ८२७, राप्रपा नेपालले ५३६ मत प्राप्त गरेको छ । एकिकृत समाजवादीले क्षेत्र नम्बर–१ मा १ हजार २४७ र क्षेत्र नम्बर–२ मा २ हजार ५८० मत प्राप्त गरेको छ । भने राप्रपा नेपालले क्षेत्र नम्बर–१ मा ४५५ र क्षेत्र नम्बर–२ मा ८१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मकवानपुरमा खसेको कुल मतमध्ये १ लाख ७० हजार १६६ सदर हुँदा ७ हजार ६९९ मत बदर भएको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा नेकपा एमाले र राप्रपाले एक÷एक स्थानमा जितेको छ । प्रदेशसभामा भने माओवादी केन्द्रले दुई स्थानमा जित हासिल गर्दा नेकपा एमाले र नेपाली कांग्रेसले एक–एक स्थानमा जितेको छ ।