file photo

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–६ गौरिटार चोकमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो धरान चतरा सडकखण्ड अन्तर्गत गौरीटार चोकमा दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा–१८ का २८ बर्षीय आशिष ढकालको मृत्यु भएको हाे ।
दुर्घटना गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे । दुर्घटनामा सोही वडा बस्ने २९ बर्षीय दिपु लामा घाइते हुनुभएकाे प्रहरीले जानकारी दिएकाे छ । फुर्केचौरबाट हेटौडा बजार तर्फ आउदै गरेको ना ४ ख ९००२ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकल ठक्कर खाइ दुर्घटना भएकाे थियो।