हेटौंडा- मकवानपुर क्षेत्र नम्बर–२ का सत्ता गठवन्धनका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री एवम् नेकपा एकीकृत नेता विरोध खतिवडाले मतदान गरेका छन् । हेटौंडा–४ स्थित भुटनदेवी माद्यमिक विद्यालयको मतदान केन्द्र (ख) बाट उनले विहान मतदान गरेका हुन् ।
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खतिवडाले मतदान भने क्षेत्र नम्वर–१ को मतदानस्थलबाट गरेका हुन् । व्यवस्था र संविधानको रक्षा गर्दै देश र जनताको हितको पक्षमा निर्माण भएको गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरिएको बताए ।