हेटौंडा । कैलाश गाउँपालिका–९ घैराङ् स्थित बोकर थार्पा छ्योईलिङ गुुम्बाका लामाहरुले नेकपा एमालेतर्फबाट मकवानपुर क्षेत्र नम्वर–२ का उम्मेद्वार महेश कुमार बर्तौलालाई आर्शिवाद दिएका छन् । कैलाशका लामाहरुले सबै प्राणीलाई लागेको भोक, रोग, दुःख, कष्ट र बिरामी नाश गर्न र विभिन्न मृतक आत्माको शान्तिका लागि कामना गर्दै आयोजना गरेको विश्व शान्ति पुजाको क्रममा गुम्बामा पुगेका बर्तौलालाई लामा गुरुहरुले वाङ अविशेष दिदै कैलाशमा पर्यटन प्रवद्र्धनका रुपमा गुम्बा निर्माण गर्न र सडक स्तरीकरण गर्न आग्रह गरेका थिए । गुरुहरुको प्रतिक्रिय लिदै बर्तौलाले आफु निर्वाचित भएर गइसकेपछि तामाङ् समुदायको सम्पदाहरू जोगाएर गुम्बा निर्माण गर्न पहल गर्ने प्रतिवद्धता दिए । लामा गुरुहरुले बर्तौला स्थानीय नामटारबासी नै भएकाले उनलाई समर्थन गर्ने बताएका थिए ।