हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुर इन्चार्ज एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ उम्मेदरवार कुमारी मोक्तानले मतदाता भेटघाटको क्रममा मकवानपरका जनताले अब वास्तबिक रुपमा राजधानी बासी भएको महशुस गर्न पाउनेगरी विकासको रोडम्याप तयार गर्ने बताउनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको ११ नम्बर वडामा घददैलोको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नवलपुरको सरस्वती टोल र शान्ति चोकमा गरिएको घरदैलोमा मतदाताहरुले राजधानीमा बसे पनि राजधानी बन्दा र नबन्दा बिचको अन्तर महशुस भने नभएको गुनासो गरेका छन् । पटक पटक जिताएर पडाएको उम्मेदवारहरुबाट भन्दा बिगतमा १ पटक ब्यबस्था बदल्न र अर्को पटक त्यसलाई संस्थागत गर्न पठाइएको नेताहरु सफल भएको कारण पनि पुनः मोक्तानलाई जिताउने बताउदै अग्रिम शुभकामना ब्यक्त गरेका छन् । घरदैलोका क्रममा स्थानीय मतदाताहरुले यस वडाकै मान्छे मूख्यमन्त्री बनेर आएपनि सोचेअनुरुपको विकासका काम हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले यस क्षेत्रमा स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा, स्वरोजगार तथा उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग गरे । मतदाताहरुको गुनासोपछि उम्मेदवार मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनको बिजयी भए यहाँको समस्या समाधानमा पहिलो प्रथामिकता दिइने बचन दिनुभयो । आफु सामाजिक विकासमन्त्री भएपछी शैक्षिक गुणस्तर बृद्धी गर्नुको साथै सांसद विकास कोषबाट प्राप्त रकमले विभिन्न शिर्षकमा यस क्षेत्रमा बिनियोजन भएको र अब पुनः अधुरा कार्य सम्पन्न गर्न आफुलाई बिजयी गराउन मतदातासंग आग्रह गर्नुभयो ।