हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फबाट उम्मेदवार महेश बर्तौलाले जिल्लाको मनहरी– ८ सिम्पानी स्थित टासी फुन्छ्योक छोइलीङ्ग गुम्बामा आफू निर्वाचित भएपछि ६५ फिट अग्लो बुद्दको मुर्ति निर्माण गर्ने बताउनु भएको छ । सिम्पानीमा आज एमालेले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस क्षेत्रको विकासमा पनि सक्दो काम गर्ने वताउनुभयो ।
उहाँले कार्यक्रममा बोल्दै गुम्बामा मनहरी गाउँ पालिका अध्यक्ष एकराज उप्रेती अध्यक्ष रहंदा सुरुवात गरिएको गुम्बामा पर्यटन क्षेत्र बिकास गरि पर्यटन भित्र्याउने, तामाङ भाषा, संस्कृति बिकासमा आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । यो गुम्बा र पर्यटन क्षेत्र बिकासको लागि डिपिआरभइसकेको र आफ्नो जिम्मेवारीका साथ काम गर्ने वताउनुभयो । उम्मेदवार बर्तौलाले आफुले मनहरी राक्सिराङ्ग र कैलाश भेगमा अशिक्षा, गरिबी र बेरोजगारी रहेको बताउनुहुंदै आफुले निर्वाचनको एजेन्डा शिक्षा, स्वास्थ्यको बिकास, युवा श्रम शक्तिलाई रोजगारी संग जोड्ने, स्वरोजगार सिर्जना, सार्बजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने आफ्नो योजना रहेको प्रष्ट पार्नु भयो ।
कार्यक्रममा बोल्नुहुंदै संघीय निर्वाचन क्षेत्र नम्बर–२ को (ख) को उम्मेदवार लाल बहादुर थापाले गठबन्धनको उम्मेदवार द्वय फिरन्ते उम्मेदवार भएर पाहुना बन्दै भोट मागेको बताउनु भयो । उहाँले आफू चेपाङ्ग र तामाङ्ग समुदायको बिचमा खाई, खेली हुर्केर जनताको सेवा गर्दै आइरहेको बताउनु भयो । आफू तामाङ्ग र चेपाङ्गको जात्रा, संस्कार र संस्कृतिमा कयौं पटक सहभागी भएको सम्झना गर्नु भयो । उहाँले त्यसर्थ पनि यश भेगमा आफुले निर्वाचन जितिसकेको र बिपक्षीको फण्डा काम नलाग्ने बताउनुभयो । आफुसंग फण्डा बेसिसमा नभइ नितिगत, एजेन्डागत तथा बिचारको आधारमा डिबेट गर्न बिपक्षी उम्मेदवारलाई चुनौती व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले नेता एकराज उप्रेतीले महेश बर्तौला युवा मात्रै नभैइ शालिन र शैक्षिक आन्दोलनबाट हुर्केको, मकवानपुरको २०६३–०६३ को आन्दोलनमा युवा विद्यार्थी म्को नेतृत्व गरेको बताउनु भयो । सोही कार्यक्रममै अर्का बक्ता तथा एमाले नेता श्रीधर पोखरेलले चुच्चे नक्सा एमालेको सरकार हुंदा समाहित भएको, अव्यवस्थित वसोबासको नापी आफ्नै सरराकारले गरेको प्रष्ट्याउनु भयो ।