हेटाैंडा– नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे एघाराैं सत्र आज सम्पन्न भएकाे छ । जिल्ला अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा भएकाे आजकाे सत्रमा विद्यार्थीकाे सीप क्षमता अभिबृद्धी विषयक प्रशिक्षण प्रदान गरिएकाे थियाे ।
मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत नियमित प्रशिक्षण कार्यक्रममा आज नेल्टा ३ नं प्रदेश कमिटि सचिव एवम् संगठन मकवानपुर सदस्य किशाेर पराजुलीले सहजीकरण गर्नुभएकाे थियाे । प्रशिक्षक पराजुलीले अबकाे सिकाइ विद्यार्थीकाे माग र विश्वबजारकाे आवश्यकतालाई समेट्न सक्नुपर्नेमा जाेड दिनुभएकाे छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरले नियमित रूपमा प्रविधीमैत्री प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएकाे छ । प्रशिक्षणमा अन्य जिल्लाका शिक्षकहरूलाइ समेत सहभागि गराउने गरेकाे जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले जानकारी दिनुभयाे । नियमित प्रशिक्षणा कार्यक्रम अन्तरगत भाेलि काठमाण्डाै विश्वविद्यालयका प्राध्यापक वासु सुवेदीले सहजीकरण गर्नुहुने उहाँले बताउनुभयाे । नेतृत्व विकास सम्वन्धी उक्त प्रशिक्षण दिउसाे १२:०५ हुने सुरू हुने समेत गाैतमले जानकारी दिनुभयाे ।