मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिका बिच देखीएको सिमाना बिवाद सामधानका लागि कार्यदल गठन गरिएको छ । दुई गाउँपालिका बिचमा रहेको मनहरी खोलामा सिमा बिवाद आए पछि आईतबार समाधानकालागि प्राविधिक सहितको कार्यदल गठन गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायको संयोजक्त्वमा आईतबार स्थलगत अनुगमन पछि राक्सिराङ गाउँपालिकामा स्थबसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । मनहरी–८ र राक्सिराङ–५ बिचमा रहेको मनहरी खोलामा विवाद आए पछि आज राक्सिराङ गाउँपालिकामा बसेको बैठकले डिभिजन वन कार्यालय राप्तीका प्रमुख दिर्घ नारायण कोईरालाको संयोजक्त्वमा ७ सदस्य कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदलको सदस्यहरूमा मनहरी–८ का वडा अध्यक्ष दिल बहादुर स्याङतान, राक्सिराङ–५ का वडा अध्यक्ष चन्द्र सिंह प्रजा, जिल्ला समन्वय समितिका प्राविधिक राम सेवक मण्डल, नापि कार्यालयका नापि अधिकृत पुरुषोत्तम नगरकोटी, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि, मालपोत कार्यालयका प्रतिनिधिरहेका छन् । समितिलाई पुष १५ गते सम्मको समयावधि दिईएको छ ।
पुष १५ गते सम्म दुवै गाउँपालिका अध्यक्षसंग समन्वयमा आवश्यक विधि प्रयोग गरि सिमा सम्बन्धी प्रतिवेदन तयार पारेर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल समक्ष पेश गर्ने गरि समितिलाई जिम्मेवारी दिईएको हो । समितिले तयार पारेका प्रतिवेदनका आधारमा पुन बैठक बसेर निर्णय गरिने बताईएको छ ।

मनहरी र राक्सिराङ बिचको सीमाना विवाद केही समय अघिदेखि शुरु भएको हो । मनहरी–८ र राक्सिराङ–५ बिचमा रहेको मनहरी खोलामा नदि जन्य पदार्थ उत्खनन् र ठेक्का प्रकृयामा जाने विषयमा विवाद उत्पन्न भएको थियो । अघिल्लो वर्ष दुई पालिकाको सिमानामा पर्ने मनहरी खोलामा आपसि सहमतिका आधारमा मनहरी गाउँपालिकाले राजस्व संकलन गर्ने र राक्सिराङलाई उत्खनन्को ३ रुपैया दिने र ६ रुपैया आफु राख्ने सहमति गरिएको थियो । तर, यो वर्ष उक्त खोलामा राक्सिराङ गाउँपालिकाले बातावरणी परिक्षण आइई गरी टेण्डर लगाउने भए पछि दुई पालिका बिचमा विवाद देखिएको हो ।

यस अघि दुई गाउँपालिका बिचमा आन्तरिक सहमतिमा नदि जन्य पदार्थ उत्खनन भएकोमा हाल सामान्य बिबाद आएकाले उक्त बिबाद समाधानका जिल्ला समन्वय समितिमा पत्राचार गरिएकोले समाधानकालािग स्थलगत अनुगमन गरेर कार्यदल गठन गरिएको जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायले जानकारी दिनुभयो । दुई वटा स्थानिय तहहरु बिचमा देखीएको समस्या भएकाले सो दुई पक्षिय रुपमा सामधान गर्नु पर्ने उहाँले बताउनुभयो । बैठकमा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गुणराज लोहनीलगायतको उपस्थिति रहेको थियो ।