हेटौंडा । नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिब तथा मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले मकवानपुरको मध्यवर्ती क्षेत्रका कारण उत्पन्न समस्याको समाधन गगर्ने बताउनु भएको छ । नेकपा एमाले हेटौंडामा उपमहानगर वडा नम्बर–१९ कमिटीको आयोजनामा पन्द्रासोलामा गरिएको पार्टीको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै उहाँले मध्यवर्ती क्षेत्रका धेरै नागरिकले वषौंदेखि समस्या बेहोरी रहेको र त्यो समस्या समाधान गर्न आफु सांसद जितेर गएपछी काम गरेर देखाउने बताउनुभयो ।
मध्यवर्ती क्षेत्रका जनताले निकुञ्जका कारण भोगिरहेको सम्स्या एउटा खोलाको फड्के हाल्नको लागि पनि मध्यवर्ती क्षेत्रका प्रहरिले जनतालाइ दुख दिने घर बनाउन ४ पाथी बालुवा र एक ट्रयाक्टर ढुंगा झिक्न पनि महिनौ लगाएर दर्जनौ मध्यवर्ती कार्यालय र हाकिमबाट अनुमति लिनुपर्ने समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नै जमिनमा खनजोत गर्न पनि समस्या झेल्नु पर्ने समस्याको दिर्घकालिन समाधान आवस्यक रहेको बताउनुभयो । आफ्नो पालिका भित्र पनि हरेक काममा हैरानी खेप्नु पर्ने जनतालाई मध्वर्ती निकुञ्ज सम्बन्धि कानुन संशोधन गरेर आफ्नो कार्यकालमै जनतालाई सहज बाताबरण निर्माण पहल कदमी लिने बताउनु भयो ।
भौतिक बिकासमा भुन्द्रुङ्ग वस्तिपुर जोडिने पक्की पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । कैलाश गाउपालिकाको घैराङ्ग बागुनेबाट पन्द्रासोला हुँदै बस्तिपुर जोड्ने पक्कि सडक निर्माण आफ्नो मुख्य प्राथमिकतामा रहने बताउनु भयो । यसबाट त्यस नाथिल्लो भेगका जनताको आर्थिक समृद्धि आउने र गाउमै बसुबसु लाग्ने बिकसित गाउँ बनाउने बताउनुभयो । आजपनि हेटौंडाको यस वडा तथा अन्य गाउँहरुमा संचारको रान्रो सुबिधा नरहेकोले नेपाल टेलिकमको टावर बनाउन आफुले भुमिकाब्खेल्ने बताउनुभयो ।