हेटौंडा – मकवानपुर क्षेत्र नं.१ की उम्मेदवार नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले पूर्वी मकवानपुरमा विकास र सम्वृद्धि आउन आफुले चुनाव जित्नु पर्ने बताइन् । बागमती गाउँपालिकामा भएको अगुवा कार्यकता भेलामा डिनाले यस्तो बताएकी हुन् । उनले चुनाव जिते पूर्वी मकवानपुरको शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मेवारी आफुले लिने बताईन् । उनले सुस्त फास्टट्राकको निर्माणमा गतिलिन पनि गठबंधनकै उम्मेदवारको जीत जरुरी रहेको बताइन्।
महिलालाई उत्पादनसंग जोडेर आयआर्जनमा जोड दिने, खेतियोग्य जमिनमा सिचाँईको प्रबन्ध गर्ने र भुमिहिन किसानलाई लालपुर्जा उपलब्ध कार्यलाई प्राथामिक्ताकामा रोखेर काम गर्ने उनले बताईन् । पूर्वी मकवानपुरको विकास र सम्वृद्धिका लागि आफु र प्रम बहादुर पुलामी(छिन्तु)ले मात्र नभई जिल्लाको सबैक्षेत्रमा गठनबन्धनलाई जिताउन जरुरी रहेको उनको भनाई थियो ।
त्यस्तै मकवानपुर क्षेत्र नं.१ को (क) का उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु)ले यस क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारको जित निश्चित भएको दाबी गरे । अन्य पार्टीको तुलनामा आफहरु १४ हजार मतले अगाडि रहेको उनको दाबी छ । कमल थापा परिचय गर्दै हिँडिरहेको देख्दा आश्चर्य लागेको बताउँदै छिन्तुले उनको भित्र अर्कै बोलेर बाहिर अर्कै बोकेर हिड्ने चरित्र बारे जनता जानकार रहेको बताए । गठबन्धन विकास शुशासन र समृद्धिको लागि भएको उनको भनाई छ । भेलामा मकवानपुरका नेता ललित घलान, सर्केश घलान, विजय गौतम, कमानसिंह पाख्रिन, अरुण बल लामा, एकिकृत समाजवादीका नेता मधु अधिकारी, नारायण तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।