हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार तथा एमाले बागमती प्रदेस उपसचिव महेश कुमार बर्तौलाले सुकुम्बासी समस्याको समाधान आफ्नो मुख्य प्राथमिकता रहेको बताउनु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, सिमल्टारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले, बषौंदेखिका सुकुम्वासीका समस्या समाधान थाल्नका लागि आफुले काम गरेर देखाउने बताउनुभयो ।
जनताले आवस्यक पर्दा पिर, मर्का र दुखमा सदैभ जनतासंगै रहने प्रतिवद्धता जनाउँदै उहाँले भन्नुभयो–‘समग्र युवाहरुले जिम्मेवारी पाउँदा काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न पनि असाधारण काम गरिने योजना बनाएको छु । सिमल्टारबासिको अघिल्तिर राप्ती भए पनि पिउने पानी अभाव छ । सिमल्टार लगायत मेरो निर्वाचन क्षेत्रभरको यस्तो खाल्को समस्या समाधान गर्ने गरि काम गर्छु ।’भ्रस्टाचारलाई अन्त्य गर्ने गरि र सुसासन कायम गर्ने गरि काम गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । पात्रको हिसाबले आफु रहेपनि उम्मेदवारी सबै युवा भावनाहरुको प्रतिनिधित्व गर्ने गरेर उठेको बताउनुभयो । अहिले आफु सबैको साझा उम्मेदवारको रुपमा अगाडी बढेको बताउनुभयो । बिरोध खतिवडा काँग्रेस र माओवादिको छातिमा टेकेर आएको बताउँदै उहाँले भन्नुभयो–‘मकवानपुरको पछौटे र दुरावस्था हटाउन उनलाई जनताले मंसिर ४ मा दण्डित गर्न सकिन्छ ।’ एमाले हेटौंडा–११ कमिटीका अध्यक्ष कृष्ण प्रसाद उप्रेतिको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका सदस्य सन्तोष चौलागाईं, पार्टी जिल्ला नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनी लगायतकाको आतिथ्यता रहेको थियो ।