मकवानपुर – शैक्षिक सहयोग अक्षयकोष मकवानपुरको बैठक बुधबार सम्पन्न भएको छ । कोषका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले हालसम्मको कार्य समिक्षा गर्दै विभिन्न निर्णय गरेको छ ।
बैठकले संस्थाको हालसम्मको कार्य समिक्षा गर्नुका साथै सदस्यता बृद्धिका लागि आ–आफ्नो स्थानबाट थप भुमिका निर्वाह गर्ने साथै संस्थाको नविकरणका लागि आवश्यक प्रकृया पुरा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खुलालले बताउनुभयो । बैठकले गत आव को लेखा परिक्षण गर्न लेखा परिक्षक तोक्ने, संस्थाका कोषध्यक्ष रामकृष्ण थापा नीजि कामको क्रममा देश बाहिर रहनु हुने भएकाले अर्को निर्णय नभएसम्म आर्थिक कारोवार लगायतको कार्य गर्न कोषका सदस्य आशाकाजी श्रेष्ठलाई जिम्मेवारी दिने लगायत विभिन्न निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।
बैठकमा कोषका उपाध्यक्ष ईन्दिरा न्यौपाने, उद्योग वाणिज्य संघका तर्फबाट दिवश पराजुली, कोषध्यक्ष रामकृष्ण थापा, सचिव बद्री बहादुर पाठक, सदस्यहरु मुकुन्द अधिकारी, रामशागर गुरागाई, लक्ष्मी माझी, आशाकाजी श्रेष्ठलगायतको उपस्थिती थियो ।