हेटौंडा । मकवानपुर प्रतिनिधीसधा क्षेत्र नम्बर–१ मा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । एमालेको सूर्य चिन्ह लिएर उम्मेदवारी दिएपनि राप्रपा नेपाका नेता कार्यकर्ता मात्र लिएर निर्वाचन अधिकृतको कार्यालयमा थापा पुग्नु भएको थियो । एमालेका अरु पाँच जना उम्मेदवार भन्दा अगाडीनै गएर उहाँले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । थापाको चुनाव चिन्ह एमालेको सूर्य हुने छ ।

नेकपा एमालेको सहयोगमा उनी आठौं पटक संसदीय निर्वाचनमा उम्मेदवार बन्नु भएको हो । थापाले यसअघि २०३१, २०३८, २०४३, २०४८, २०५१,२०५ ५६,२०६४,२०७० र २०७४ मा संसदीय उम्मेदवार बनिसक्नु भएको छ । अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नु भएको थियो । थापा तत्कालिन समयमा नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित हुनुभएको हो । थापा उम्मेदवार बनेसँगै रुष्ट बनेका कार्यकर्ताले एमाले पार्टी कार्यालयमा तालबन्दी गरेका छन् ।
नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा भएको बताउनुभयो । पत्रकारहरुसंग प्रतिक्रिया दिदै उहाँले एमालेको सहयोगमा चुनाव लड्दा एमालेकै केही नेताहरु चुनावको अवसरबाट वञ्चित भए पनि यो बिषयलाई उनीहरुले बुझ्ने थापा भनाइ छ । ‘नेकपा एमालेसँगको सहकार्य एक ठाउँमा मात्र चुनाव जित्नका लागि नभई मुलुकमा विद्यमान संकट समाधान गर्न राष्ट्रिय परिवेशको आवश्यकताको रुपमा रहेको छ’, उहाँले भन्नुभयो, ‘म नेकपा एमालेका साथीहरुलाई चित्त बुझाउन सक्छु भन्ने लाग्छ । त्यसका निमित्त हरसम्भव प्रयास गर्नेछु ।’