बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ स्थित अमलेखगञ्ज सडक खण्डमा बिहीवार विहान भएको बस दुर्घटनामा परी १६ जना यात्रुको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले विहीबार शोक बक्तव्य जारी गर्नुहुँदै सो दुःख व्यक्त गर्नुभएको हो ।
यस दुखद् घडीमा मृतकहरुप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ कामनाका साथै उचित उपचारको व्यवस्था गर्न हाम्रो पार्टी माग गर्दछ शोक विज्ञप्तिमा भनिएको छ । चाडबाडका बेला दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्ने एमालेले भनेको छ । सडकलाई सुरक्षित बनाउन यस्ता दुखद् घटनाबाट पाठ सिक्दै आवश्यक काम गर्न पनि एमालेले सरकारी निकायको ध्यानाकर्षण गराएको छ ।