मकवानपुर – पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु भएका १६ मध्ये १४ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार १६ मध्ये १४ जनाको पहिचान खुलेको हो ।
हालसम्म पहिचान खुलेका मृतकको नामावली
१. जिल्ला बारा कलैया उमनपा–२ बस्ने अं वर्ष ९४०–४१० को लिलाराज चौधरी, सहकारी अस्पतालमा
२. जि, चितवन खैरहनी नपा-५ बुडौली बस्ने वर्ष-६३ की नन्द कुमारी पुडासैनी , टाउकोमा चोट (उपचारको क्रममा) चुरेहिल अस्पतालमा
३. जि चितवन कालिका नपा ९ रमाईलो चोक बस्ने बस्ने शंकर कडेलको छेरा वर्ष अ (१४/१५) को सफल कडेल, चुरेहिल अस्पतालमा
४. जिल्ला पर्सा वीरगन्ज मनपा-१६ बस्ने बर्ष अ ६५ को सोम प्रसाद चौरासिया, हेटौडा अस्पतालमा
५. ऐ ऐ बस्ने अ. वर्ष ३५/३६ कि मन्निदेवी चौरासिया, हेटौडा अस्पतालमा
६. जिल्ला मकवानपुर हेटौडा उमनपा-७ बस्ने वर्ष अ ५५/५६ कि शुभलक्ष्मी श्रेष्ठ, हेटौडा अस्पतालमा
७. ऐऐ बस्ने अ. वर्ष १९/२० कि सोस्तिका श्रेष्ठ हेटौडा अस्पतालमा
८. जिल्ला बारा कलैया उमनपा-१० बस्ने अ. वर्ष ३५/३६ कि नाजलिन खातुन, हेटौडा अस्पतालमा
९. जिल्ला बारा जितपुरसिमरा उमनपा-२२ बस्ने वर्ष अ.२८ को सुरेश बिक. हेटौडा अस्पतालमा
१०. जिल्ला बारा कलैया उ.म.न.पा.१० बस्ने अ. वर्ष २५र२६ को ईताजत अंसारी हेटौडा अस्पतालमा
११. जिल्ला ओखलढुङ्गा बस्ने लाल बहादुर बोगटी (साथमा रहेको एक्सापयर भईसकेको प्रनानिको परिचयपत्र अनुसार) हेटौडा अस्पतालमा,
१२. जिल्ला चितवन खैरेनी नपा-५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, हेटौडा अस्पतालमा
१३. जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कडेल, हेटौंडा अस्पतालमा
१४. जिल्ला धनुषा जनकपुर उमनपा-५ बस्ने वर्ष ५० को सन्तोष कुमार राय, पुरानो मेडिकल क्लेज चितवन
बाँकी २ जनाको शव हेटौडा अस्पतालमा रहेको र नामथर वतन खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।











