मकवानपुर – मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढी गाउँपालिकाले जितेको छ । केशललाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा बुधबार हेटौंडाको हुप्रचौरमा सम्पन्न फाइनल खेलमा बकैया गाउँपालिकालाई पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो ।
फाइनल खेलमा मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा बिजेता बन्दै मकवानपुरगढीले नगद ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो । भने, उपविजेता बकैया गाउँपालिकाले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । विजेता र उपविजेतालाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा मकवानपुरगढीकी सुस्मिता योञ्जन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन घोषित हुँदा उदीयमान खेलाडीको रुपमा मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दिपिका कार्की उदीयमान खेलाडी घोषित भएका छन् ।
यसअघि सोमबार सम्पन्न उपेमयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता तथा उपविजेतालाई पनि बुधबार नै सिल्ड, मेडल तथा प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरिएको छ । उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दुबै उपाधि हेटौंडा–१७ ले जितेको थियो भने पुरुषतर्फ हेटौंडा–१९ उपविजेता हुँदा महिलातर्फ हेटौंडा–५ उपविजेता बनेको थियो ।