मकवानपुर – हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले शारिरीक अशक्त भइ हिडडुलमा समस्या व्यहोरदै आएका नगरका पाँचजनालाई ह्विलचियर प्रदान गरेको छ । दैनिक जिवन यापनको क्रममा घर बाहिर समेत निस्कन असहज भइ थलिएर बसेका उपमहानगरपालिकाका ४ वटा वडाका ५ जनालाई बुधवार ह्विलचियर प्रदान गरिएको हो ।
उपमहानगरले शरिरीक रुपमा अशक्त भइ हिड्डुलमा समस्या व्यहोर्दै आएका हेटौंडा–१४ कामान बहादुर बल, १३ कादिल माया स्याङतान, १९ का कुमार अर्याल, श्यामबहादुर बल र हेटौंडा–३ का शेषानन्द घोरासैनीलाई सहज हिड्डुलका लागि ह्विलचियर प्रदान गरेको हो । बुधबारहेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले शारिरीक रुपमा अशक्त भएकाहरुको परिवारलाई ह्विलचियर हस्तान्तरण गर्नु भएको हो ।
चालु आर्थिक बर्ष २०७९÷०८० मा वडातहबाट सिफारीस भएर आएकाको परिवारलाई उपमहानगरले पहिलो पटक सहयोग सामग्री हस्तान्तरण गरेको हो । शारिरीक रुपमाअशक्त रहेकाहरुको परिवारले वडा कार्यालयको सिफारीसमा सहयोग सामग्री माग गर्ने र उपमहानगरले खरिद गरी हस्तान्तरण गर्ने प्रकृया निरन्तर चलिरहने महिला तथा बालवालिका महाशाखा प्रमुब बिष्णुकुमारी लामिछानेले बताउनुभयो ।