मकवानपुर– जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्ष तिहार तथा छठ लगायतका पर्वहरु आ–आफ्नो घरमा स्वास्थ्य एवम् सुरक्षाका मापदण्डहरु पालना गरी मनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ । कार्यालयले बिहीबार सुचना जारी गर्दै कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको साथै मकवानपुरमा पनि संक्रमितको संख्या बढीरहेको भन्दै तिहार तथा छठ लगायतका पर्वहरु आ–आफ्नो घरमा स्वास्थ्य एवम् सुरक्षाका मापदण्डहरु पालना गरी मनाउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालद्धारा जारी सुचनामा यस वर्ष तिहारमा देउसी तथा भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप नगर्न भनिएको छ । साथै, सुचनामा तिहार र छठपर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको प्रयोग, भण्डारण, ओसारपसार र विक्रि वितरण नगर्न समेत अनुरोध गरिएको छ ।