मकवानपुर– मकवानपुर गढी गाउँपालिकाले बाल संरक्षण सम्बन्धी नितिका बारेमा छलफलको आयोजना गरेको छ । बालबालिकाको अधिकार स्थापित गर्ने सन्र्दभामा गाउँपालिकाले बाल संरक्षण सम्बनधी निति नियमका बारेमा छलफलको आयोजना गरेको हो ।

गाउपालिकाको आयोजना तथा प्लान नेपाल र सामुदायिक विकास संस्था नेपाल (सीसीडिएन) को सहयोगमा दुईदिने कार्यक्रम आयोजना गरिएको हो । बालवालिकाको अधिकार स्थापित संगै बाल विवाह, बाल श्रम अन्तय तथा बाल मैत्री गाउँपालिका निर्माण गर्ने सन्र्दभमा गाउँपालिकाले क्रियाशिलता देखाएको हो । प्रदेश सरकारले समेत बाल विवाह अन्त्य गर्ने घोषणा गरेको सन्र्दभमा गाउँपालिकाले बाल बिबाह तथा बाल संरक्षण सम्बन्धी पालिका स्तरीय नितिगत छलफलको आयोजना गरेको हो । कार्यक्रममा बाल अधिकारका सम्बन्धी महासन्धीमा नेपालले अनुमोदन गरेको तथा प्रतिबद्धता जाहेर गरेका बाल अधिकारका सिद्धान्त, नेपालको संविधानद्धारा प्रद्धत बालअधिकारलगायत अन्य बालबालिकाका अधिकार एवम् बाल विवाह सम्बन्धी ऐन कानुन र त्यसको कार्यान्वयनका बारेमा छलफल हुने छ । कार्यक्रम २० र २१ ग्ते दुई दिन संचालन हुने छ ।