मकवानपुर– जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरको २७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । संघका अध्यक्ष बासुदेव अधिकारीको सभाअध्यक्षता एवम् प्रतिनिधिसभा अर्थ समिति सभापति कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

संघ मार्फत मकवानपुरका किसानले गत एक वर्षमा दुध बिक्रिबाट ५७ करोड भन्दा धेरै पुँजी शहरबाट गाँउ भित्राएका छन् । शुक्रवार आयोजित संघको २७ औ वार्षिक साधारण सभामा संघका लेखा संयोजक ईन्द्रप्रसाद खतिवडाले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष ०७५र०७६ मा संघ मार्फत दुध बिक्रि गरेका किसानले ५७ करोड पाँच लाख तीनहजार एकसय ७० रुपैयाँ आम्दानी गरेका हुन् । जसमा शेयर सदस्यबाट ९८ लाख ३६ हजार चारसय ४३ लिटर दुध सिधै उद्योगमा बिक्रि गरि ५४ करोड ८१ लाख पचास हजार आठसय दुई रुपैयाँ पुँजी शहरबाट किसानले गाँउ लगेका छन् भने तीन लाख २९ हजार चारसय ५४ लिटर स्थानीय दुध बिक्रि गरि दुई करोड २३ लाख ५२ हजार तीनसय ६८ रुपैयाँ किसानले प्राप्त गरेका गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुर गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाई, जिल्ला सहकारी संघका अध्यक्ष बद्रि लम्साल, केन्द्रिीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष नारायण प्रसाद देवकोटा लगायतको उपस्थिति रहेको थियो ।