मकवानपुर– मकवानपुर जिल्लाको आर्थिक वर्ष २०७८.०७९ को जिल्ला स्तरीय वार्षिक समिक्षा बैठक मंगलबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानको सभाध्यक्षता एवम् बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा समिक्षा कार्यक्रम भएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुईटेलले स्वागत गर्नु भएको कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तह एवम् जिल्ला स्थित सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले आर्थिक वर्ष २०७८/०७९ मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रस्तुति गरेका थिए । जिल्ला समिक्षामा स्थानीय तह, विभिन्न संघ संस्था एवम् व्यत्तिलाई सम्मान गरिएको थियो ।
तस्विरहरु