मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले भोली आयोजना गर्न लागेको जिल्लास्तरीय बार्षिक समिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । भोली आयोजना गर्न लागिएको जिल्ला समिक्षाको सम्पूर्ण तयारी पुरा भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरले यो वर्ष जिल्ला समिक्षासंगै बडा दशैं, शुभ दिपावलीलगायत नेपालीहरूको चाडपर्वको उपलक्षयमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएकाे छ । तयारीका सन्दर्भमा आज बोर्ड बैठकले समिक्षा र शुभकामना आदान प्रदानकाे सम्पूर्ण तयारी भएको जनाएको छ । जिल्लास्तरीय समिक्षामा जिल्ला स्थित स्थानीय तहहरु तथा सरकारी एवम् गैरसरकारी कार्यालयहरुले आर्थिक वर्ष २०७८÷२०७९ मा गरेका गतिविधिहरुको समिक्षा गरिने छ । जिल्लामा रहेका स्थानीय सरकार तथा कार्यालयहरुले आर्थिक वर्ष २०७८÷२०७९ मा गरेका गतिविधिहरुको समिक्षा गरिने जिसस मकवानपुरका प्रमुख घलानले बताउनुभयो । समिक्षा कार्यक्रममा जिल्लामा भएका समग्र गतिविधिहरुको समिक्षा गरिने उहाँले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा मकवानपुर जिल्लामा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने साथै जिल्ला समन्वय समितिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने विभिन्न व्यक्ति एवम् संघ संस्थालाई सम्मान तथा प्रशंसा पत्र समेत प्रदान गरिने उहाँले बताउनुभयो । बोर्ड बैठकमा जिसस उपप्रमुख सानुकाजी लुइटेल, सदस्यहरु बिरेन्द्रकुमार लामा, विष्णुमाया थपलिया, सुवर्ण गोपाली, सुमित्रा थिङ, सुनिता दर्नाल, खड्गबहादुर पुलामी, तारा ढुंगाना, निमित्त समन्वय अधिकारी सुनिता कुमारी गजुरेललगायतको उपस्थिती थियो ।