हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरापलिका ४ हुप्रा चौरमा रहेको डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको छ । सरकारी कार्यालयहरुको बिभीन्न डाटा राख्दै आएको केन्द्रमा आज दिउसो देखि आगलागी भइरहेको छ । आगलागीका कारण निकै क्षेती पुगेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो करिब ३ बजेदेखि सेन्टर इलेक्ट्रिक रुमबाट विद्युत् सर्ट भई आगलागी भएको हो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र उपमहानगरपालिकाका प्रहरीसमेत खटिरहेका छन् । आगो निभाउन उपमहानगरकै दुई वटा दमकल प्रयोग गरिएको छ । हुप्राचौरमा रहेको सेन्टरमा आज आइतवार दिउँसो आगो लागेको र अहिले निभाइएकाे राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
ब्याट्री राख्ने कोठाबाट आगो सल्किएको र क्षतिको विवरण बुझ्न कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलसहितको टोली हेटौँडा प्रस्थान गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । आगलागीबाट ब्याट्री र अरू संरचनामा क्षति पुगे पनि सरकारी डाटाको भण्डारण रहेको स्थान भने सुरक्षित रहेको छ । ब्याट्री जलेको र बिजुली प्रवाहमा समस्या भएकाले केही सरकारी कार्यालयको अनलाइन सेवामा सामान्य समस्या आउन सक्ने उहाँले बताउनुभयो ।