नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी मंसिर ४ गते हुने आमनिर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । आगामी निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्त्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याए । आज झापाको दमकमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनबाट जनविरोधी तत्त्व पराजित भए मात्र देशले समृद्धिको गति लिने भन्दै अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने दाबी गरे।