हेटौंडा – राष्ट्रिय बिज्ञान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका–२, स्थित बालजागृति इङ्लिस सेकेण्डरी बोडिङ स्कुलमा बिज्ञान सामाग्री प्रदर्शनी आयोजना गरिएको छ । दिवशका अवसरमा शुक्रबार बिद्यालयमा कक्षा २ देखि १० कक्षा सम्मका बिद्यार्थीहरुद्धारा तयार पारिएको विज्ञान सामाग्री प्रदर्शन गरिएको हो ।
बिद्यार्थीलाई समुहमा बसेर काम गर्ने क्षमताको विकास गर्न, खोज अनुसंधान गर्न, अभिबृद्धी कलाको विकास गर्ने लगायत अतिरिक्त कृयाकलापमा समेत समावेश गराउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रधानध्यापक विनोद सुवेदीले बताउनुभयो । बिद्यालयको हल, कक्षा कोठा लगायतका स्थानमा गरेर ८० वटा सामाग्री प्रदर्शनीमा राखिएको थियो । बिद्यार्थीहरुले स्मार्ट सिटी, हाइड्रोलिक, स्मार्ट डस्विन, फोक्सोको मोडल लगायतका सामाग्री तयार पार्नुका साथै अवलोकनकर्तालाई जानकारी समेत गराएका थिए । कार्यक्रममा प्रदर्शनी अवलोकन गर्न अभिभावक, शिक्षकलगायत अन्य अतिथीहरुको समेत उपस्थिती थियो ।