प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने भएको छ । आज बैठकमा आगामी चुनावबारे छलफल हुने भएको छ । ९ भदौमा पोलिटब्यूरो, १० र ११ भदौमा केन्द्रीय कमिटी र १२ भदौमा निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।