हेटौंडा – मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषध ओनेरेक्ससहित एकजनलाई पक्राउ गरेको छ । प्रहरीले १४८ बोतल लागूऔषध ओनेरेक्ससहित हेटौैंडा–१२ का २४ वर्षीय गोरे भाई भन्ने अमित लामालाई पक्राउ गरेको हाे ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ साढे ६ बजेको समयमा हेटौंडा–१२ सोल्टीचोकमा रहेको लामाको घरको कोठामा तलासी गर्दा दानाको बोरा भित्र प्लाष्टिकको झोलामा लुकाई राखेको अवस्थामा लागूऔषध ओनेरेक्स फेला पारेको जनाएको छ । लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।