मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले जिल्लाको शान्ति सुरक्षा र अपराध न्युनिकरण आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ । शुक्रबार मकवानपुरका पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रममा प्रहरी उपरीक्षक गौतमले शान्ति सुरक्षा कायम गर्ने र अपराध न्यूनीकरण गर्ने कुरामा कुनैपनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले जिल्लामा लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा, घरेलु मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्थापन लगायतका विषयमा आफु प्रतिवद्ध रहेको बताउनुभयो । यस अघि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरिक्षक भएर काम गरिसक्नु भएका गौतमले फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ अभियानलाई समेत प्राथमिकतामा राखिएको बताउनुभयो । पछिल्लो समय लागूऔषध सेवन तथा ओसार पसार, चेक अनादरलगयत साइबरक्राइमका मुद्धाहरु धेरैनै बढेको बताउनुहुँदै उहाँले यस्ता अपराध नियन्त्रणका लागि प्रहरी सकृय भएर लाग्ने बताउनुभयो ।