पाल्पा । बाग्लुङ्गको बुर्तिवाङ्गबाट बुटवल जाँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका– २ केही समय अघि दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । भने १६ जना घाइते भएका छन् । बुर्तिवाङ्गबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ बस पाल्पा रिब्दिकोट गाउँपालिका –२ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको वडा न २ का वडा अध्यक्ष ओमप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
दुर्घटनाका घाइतेहरूलाई जिल्ला प्रहरी कार्यालयको टिमले उद्धार गरी उपचारको लागि तानसेन पठाएको जनाएको छ । बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक र घाइतेको विस्तृत विवरण आउन बाँकी छ । बस बेलुका करिब ५ बजेतिर दुर्घटनामा परेको हो । घाइतेहरूको तानसेन स्थित युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।