काठमाडौं – आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाृको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नम्बर १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
तराईका केही भू–भागमा हुस्सु र कुहिरो रहेको महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मकवानपुरमा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।