मकवानपुर– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा प्राविधिक र रोजगार मुलक हुनु पर्ने बताउनुभएको छ । आईतबार हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविको नव निर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अबको शिक्षा बेरोजगारी नभई रोजगारमुखि हुनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले अवको शिक्षा देशलाई आवश्यक जनशक्ति उत्पादन गर्न सकिने प्राविधिक र रोजगार मुलक हुनु पर्ने बताउनुभयो । विद्यालयहरु अहिले शैक्षिक वेरोजगार उत्पादन गर्ने थलो वने पनि अव भने विद्यालय स्तरको पढाइसक्दा कुनै पनि विद्यार्थी रोजगारीबाट विमुख हुन नहुने उहाँको भनाई थियो । देशलाई अगाडी वढाउन शिक्षा प्रणालीमा सुधार आउन जरुरी रहेको मुख्यमनत्री पौडेलले बताउनुभएको छ । आधुनिक बिद्यालयको प्रशंसा गर्दै मुख्यमन्त्री पौडेलले उक्त विद्यालय हेटौंडाको शान रहेको समेत वताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आधुनिक विद्यालय मकवानपुरको चिनारी रहेको वताउनुभयो । सामुदायिक भएर पनि आधुनिक माविले गरेको मेहनत र पाएको उपलब्धीबाट अन्य विद्यालयहरुले पाठ सिक्नु पर्ने बताउनुभयो । कुल ५ करोड ९२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको १८ कोठे विद्यालय भवनको आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्नुभएको हो । जापनीज सहयोग नियोग जाईकाको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो । कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना ईकाई ( शिक्षा) मकवानपुरका प्रमुख वद्री वहादुर पाठकलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।