हेटाैंडा । मदन भण्डारी स्वास्थ्य प्रतष्ठिानद्धारा आयोजित ६ दिने “डाटा व्यवस्थापन र विश्लेषण प्रक्रिया र स्वास्थ्य अनुसन्धानमा वैज्ञानिक लेखन” सम्बन्धी तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा प्रतिष्ठानको आन्तरिक बजेटबाट संचालित ६ दिने तालिम आज सम्पन्न भएको हो ।

स्वास्थ्य अनुसन्धानका डाटा व्यबस्थापन तथा विश्लेषण र स्वास्थ्य अनुसन्धानमा बैज्ञानिक लेखनको लागि नेतृत्व विकाश गराउने उदेश्यका साथ संचालित ६ दिने अनुसन्धानमूलक तालिममा ३० जना प्रशिक्षर्थीहरुले सहभागिता जनाएका थिए । तालिममा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. प्रनिल मान सिंह प्रधान, डा. गम्भीर श्रेष्ठ, लेक्चरर दीपक राज जोशी र वि.पी कोईराला इन्स्टिच्युट अफ हेल्थ साईन्सका सह प्राध्यापक डा. प्रज्वल प्याकुरेलले सहजिकरण गर्नुभएको थियो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा. सुरेन्द्र शेरचनको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशीको प्रमुख आथिथ्यतामा तालिमको समापन कार्यक्रम भएको थियो । समापन कार्यक्रममा प्रतिष्ठानका डीन प्राध्यापक दुर्गा कुमारी खड्का मिश्र, प्रमुख प्रशासकीय अधिकृत अमर सिंह अधिकारी, अनुसन्धान समितिका संयोजक तथा शिक्षक नम्र कुमार महतो लगायत प्रतिष्ठानका विभागिय प्रमुख, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको प्रतिष्ठानका अनुसन्धान संयोजन डा. रोशन कुमार चौधरीले जानकारी दिनुभयो ।