हेटौंडा – नेपाली काग्रेश मकवानपुर कमिटीमा संस्थापन इतर पक्षका समुहको छुट्टै बैठक बसेको छ । चुनाब जिते देखिबाट हाल सम्म पनि बैठक नबसेको बैन्दै असन्तुष्ट पक्षको छुट्टै बैठकले यस्तै प्रबृतिमा संस्थापन पक्ष अगाडी बढेमा समानान्तर जिल्ला कमिटी बनाएर अगाडी बढ्ने सम्मको चेतावनी दिइएको छ । आउँदो स्थानीय तहको चुनाबमा आफ्नै ढंगले उमेदवार छनोट गरेर निर्वाचनमा जाने तयारी समेत गरिएको बैठकमा सबहभागि एक जना पदाधिकारीले जानकारी दिनुभयो ।
पार्टीको संस्थापन पक्षले एकलौटी ढंगले जिल्ला सदस्यहरु मनोनित गरिएको काम फिर्ता नलिए सम्म बैठक समेत बस्न नदिने चेतावनी दिइएको छ । काग्रेश जिल्ला कमिटीमा ४७ जना सदस्य छन् । त्यस मध्यमा संस्थापन इतरका २७ जना सदस्य बैठकमा सहभागि भएका थिए । संस्थापन इतरका सबै नेताहरु समेतको बैठकले बिधि सम्मत ढंगले काग्रेस संस्थापन पक्ष चलेमा बैठक बस्नै नदिने चेतावनी दिएको हो । पाटीको चुनाबमा हारेका संस्थापन इतरका सभापतिका उमेदवारहरुलाई जिल्लामा मनोनित नगरिएको र आफुखुसी आफ्ना नजिककालाई मात्र मनोनित गरिएकोमा बिरोध गरिएको अर्का एक नेताले बताए ।
जिल्ला समिति सदस्य मनोनितको विषयलाई लिएर नेपाली कांग्रेस मकवानपुरमा विवाद बढेको छ । गतहप्ता सभापति बुद्ध लामाले पराजितसहित आफूलाई निर्वाचनमा सहयोग गर्ने दश जनालाई जिल्ला सदस्यमा नियुक्त गरेसँगै कांग्रेसभित्र विवाद बढेको हो । शनिबार साँझ हेटौंडाको मेनरोडस्थित होटल लिडो इनमा बसेको संस्थापन इतर समूहको वैठकले जिल्ला सदस्यमा मनोमानी तवरबाट भएको नियुक्ती खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘जिल्ला सदस्यमा आफ्नो पक्षबाट मात्र मनोनित गरिएको छ । त्यो फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो । जिल्लामा निर्वाचित भएकाहरुलाई अझै प्रमाणपत्र दिइएको छैन । तर, मनोनितलाई दिइसकियो । यसबाटै प्रष्ट हुन्छ हामीमाथि गरिएको व्यवहार ।’, जिल्ला सचिव इश्वर पाठकले भन्नुभयो,‘ आफ्नो खल्तीको मान्छेलाई टिकट वितरण गर्न सहज हुने गरी मनोनित गरिएको हो ।’ वैठकमा दशजना मनोनित गरिएको सूचनामा हस्ताक्षर गरेकोभन्दै सचिव भीमसेन महतको विरोध भएको थियो । वैठकमा उपस्थित भएकाहरुबाट विरोध भएसँगै महतले माफी मागेका थिए ।
वैठकले संस्थापविरुद्ध एकजुट भएर अगाडि बढ्ने समेत निर्णय गरेको छ । वैठकमा ५ पदाधिकारीसहित २७ जना निर्वाचित जिल्ला सदस्यको उस्थिति रहेको दावी गरिएको छ । भेलामा कांग्रेस पूर्वसभापतिद्वय रामचन्द्र अर्याल माइकल, रघुरमण न्यौपाने र सभापतिका प्रत्याशी जयराम लामिछानेलगायतले सम्बोधन गरेका थिए ।